प्रहरी चौकीसहित ५० घर डुबानमा


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ तिलाठीको बेल्ही टोलका करिब पचासभन्दा बढी घर डुबानमा परेको छ भने सोही बाढीमा बेल्ही भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

सोमबार खाँडो नदीमा आएको बाढी बस्तीमा प्रवेश गरेसँगै सोही ठाउँमा रहेको भन्सार कार्यालय, सशस्त्र तथा नेपाल प्रहरीको चौकीसमेत डुबानमा परेको छ । बाढीले राजविराज-तिलाठी सडकखण्डलाई समेत दुई ठाउँमा बाढीले क्षति पुर्याएको गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभएको छ ।

बाढीले भन्सार बजारको पसलहरू डुबानमा पर्दा स्थानीय व्यापारीहरूको लाखौँको क्षति भएको बताइएको छ । खाँडो नदीको बाढीसँगै करिब आठदेखि दश वटा लाससमेत बगेर आएको लौनियाका प्रत्यक्षदर्शी गजेन्द्र मण्डलले जानकारी दिनुभयो । लास आएको बेला अत्यन्तै दुर्गन्ध फैलिने गरिएको मण्डलले बताउनुभयो । बाढीले सयौँ बिघामा लगाइएको धानबालीसमेत डुबानमा परेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com