ओलीले ५ वर्ष सरकार चलाए नेकपा सखाप हुन्छ: झलनाथ


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्षमा सञ्चालन गर्न दिए नेकपा सखाप हुने बताएका छन्। सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले सरकारमा ओली रहिरहे आगामी निर्वाचनमा नेकपा सखाप हुने बताएका हुन्।

‘अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहनु भएको छ। त्यसरी ५ वर्ष उहाँलाई सरकार सञ्चालन गर्न दिने हो भने नेकपा रुट आउट हुन्छ’ खनालले भने, ‘कम्युनिस्ट पार्टीले ७१ वर्षमा जुन उपलब्धी हासिल गरेका छौं, त्यो गुम्छ नै र भविष्य अनिश्चित हुन्छ।‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ’ उनले भने।

नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको बताए। उनले ओली नेतृत्वका सरकार अनियमितताको संलग्न भएको आरोप लगाए। अहिलेको संघर्ष ओली गुट र पार्टीबीचको संघर्ष उनले स्पस्ट पारे। अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि अब चाँडै निष्कर्षमा पुग्ने उनले विश्वास व्यक्त गरे। ओलीले पार्टी फुटको त्रास देखाएर सत्तामा टिक्न खोजेको उनले बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com