‘आज बरु सँगै बसौं’ भनेको हुँ तर…


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

तनहुँको ऋषिङ-८ भैंसीकिलेका आनबहादुर र उनका भाइ हरिकुमार थापाको संयुक्त परिवार थियो। नछुट्टिई बसेको उनीहरूको परिवारलाई आइतबार मध्यरात पहिरोले उजाड पारिदिएको छ। एकै परिवारका पाँच जनाले ज्यान गुमाएका छन्।

आनबहादुरका साहिला छोरा भेषबहादुर, बुहारी नानीमाया, अर्की बुहारी मनिसरालाई पहिरोले खोसेको छ। मनिसरा तीन महिनाकी गर्भवती थिइन्। भेषबहादुरकी छोरी अमिषासँगै आनबहादुरका अर्का छोरा महादेवको पनि ज्यान गएको छ।

अघिल्लो दिनदेखि पानी अविच्छिन्न परिरहेको थियो। दुई परिवार सँगै भए पनि आनबहादुरका छोराबुहारी छेउको घरमा बस्थे। खाना सँगै खाने उनीहरू आइतबार राति अबेरसम्म एकसाथ थिए। ‘पानी परेको पर्‍यै छ, कति खेर के हुने हो ? ’, भेषबहादुरको बोली सम्झिँदै काका हरिकुमारले भने, ‘आज बरु सँगै बसौं।’

केही समयअघि घरनजिकै ढिस्को खसेकाले घनघोर वर्षा हुँदा भेषबहादुरलाई चिन्ता परेको रहेछ। ‘आज सँगै बस्नुपर्छ के हो’, भेषबहादुरले यसो भने पनि परिवारले गम्भीरतापूर्वक लिएन। ‘ऊ सधैं ठट्टा गथ्र्यो’, हरिकुमारले भने, ‘हामी दाजुभाइ एउटै घरमा बस्ने भएकाले सँगै भए पनि उनीहरू खाना खाएपछि गए।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुत्न जानुअघि भेषबहादुरले कोरोनासँग लड्ने भन्दै प्रतिरोध क्षमता बढाउने औषधि बाँडेका थिए। ‘बेलुका सबैले सँगै खाइयो’, भेषबहादुरको भनाइ उद्धृत गर्दै हरिकुमारले भने, ‘भोलि बाँचियो भने सबैले सँगै खाउँला।’ भेषबहादुरले सधैंझैं ठट्टा गरेका होलान् भन्ने लाग्यो अरूलाई। तर, यसो भनेर गएको केही घण्टामै सधैंका लागि विलीन भए।

हरिकुमार र आनबहादुर बसेको घरमा पनि पहिरो खस्यो। तर, सँगै भएकाले उनीहरूले हत्तपत्त ज्योतिमायालाई उद्धार गर्न भ्याए। ‘भाउजूलाई त सँगै भएकाले जोगाउन सक्यौं’, हरिकुमारले ग्लानि भावमा भने, ‘उसले (भेषबहादुर) भनेझैं सँगै बसेको भए सबै बाँचिन्थ्यो कि।’

मध्यरातमा भएको घटनापछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीसँगै स्थानीय उद्धारमा खटिएका थिए।

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले मानिसले मात्र नसकेकाले जेसीबी ल्याएर बेपत्ताको खोजी थालिएको बताएका थिए। गाउँपालिकाले पीडित परिवारलाई तत्काल १ लाख रुपैयाँ सहयोग गरेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com