मंगलबारदेखि न्युयोर्क आउनेलाई कडा नियम, नियम नमान्नेलाई २ हजार डलर जरिवाना


प्रकाशित मिति : असार २९, २०७७ सोमबार

(English) न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले  एक कार्यकारी आदेश जारी गर्दै भोलिदेखि न्युयोर्क आउनेहरुका सन्दर्भमा कडा नियम लागु गरेका छन् । अहिलेका लागि अमेरिकाका विभिन्न १९ वटा राज्यबाट न्युयोर्क आउनेहरुका लागि यो नियम लागु हुनेछ ।

तोकिएका राज्यबाट न्युयोर्क आउनेहरुले न्युयोर्क आउनासाथ आफ्नो सम्पर्क विवरण बुझाउनुपर्ने र नबुझाउनेलाई २ हजार डलर जरिवानाका साथमा अदालतमा बोलाइने कार्यकारी आदेशमा उल्लेख छ । एयरपोर्टमा आउनसाथ कहाँबाट आएको हो र कहाँ जाने हो भन्ने सन्दर्भमा सबै विवरणहरु उल्लेख गरेको फर्म भर्नुपर्नेछ ।

१९ वटा राज्यबाट न्युयोर्क आउनेहरुलाई एयरपोर्टमा भर्न  लगाइने भएको छ । अवतरणपछि विमानस्थल छाड्नुअगाडि उक्त फर्म अधिकारीहरुलाई बुझाउनुपर्नेछ । सिप, बस, ट्रेन र कारबाट न्युयोर्क आउनेहरुले पनि उक्त फर्म भर्नुपर्नेछ ।

उक्त फर्मको इलेक्ट्रोनिक भर्सन यहाँ उपलब्ध छ ।

मंगलबारदेखि नै पोर्ट अथोरिटी र विमानस्थलहरुमा उक्त फर्मको प्रमाण संकलन गर्न कार्यान्वयन टिम तैनाथ गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त फर्म नभर्ने व्यक्तिलाई २ हजार डलर जरिवानासहित अदालतमा बोलाइने र अदालतले उनीहरुलाई अनिवार्य क्वारेन्टीनको आदेश दिने जनाइएको छ । न्युयोर्क र न्युजर्सीको पोर्ट अथोरिटी न्युयोर्क सिटी क्षेत्रमा उक्त नियम कार्यान्वयनका लागि जिम्मेबार हुनेछ । राज्यका अरु सबै क्षेत्रमा स्थानीय विमानस्थलहरुले नियम कार्यान्वयन गर्नुपर्नेछ ।

कार्यकारी आदेशको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

न्युयोर्कले कोरोना भाइरस फैलिएका राज्यबाट आउनेहरुलाई अनिवार्य क्वारेन्टीनको नियम जुनबाट कार्यान्वयनमा ल्याएको हो । कतिपय विज्ञहरुले यो नियम कार्यान्वयनमा कठिन भएको बताउँदै आएका छन् । कुमोले सुरुमा नियम कार्यान्वयनका सन्दर्भमा छड्के चेक गरिने बताएका थिए ।

अहिले अलाबामा, अर्कान्सास, एरिजोना, क्यालिफोर्निया, डेलावर, फ्लोरिडा, जर्जिया, आयोवा, आइदाओ, कन्सास, लुजियाना, मिसिसिपी, नर्थ क्यारोलिना, नेभाडा, ओक्लाहोमा, साउथ क्यारोलिना, टेनिसी, टेक्सास र युटाहबाट न्युयोर्क आउनेले अनिवार्य १४ दिन सेल्फ क्वारेन्टीनमा बस्नुपर्छ ।

न्युयोर्क आउँदा फर्म भर्नुपर्ने र क्वारेन्टीनमा बस्नुपर्ने सबै राज्यको सुची यहाँ उपलब्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com