उपत्यकामा मात्रै ३४७ सङ्क्रमित ,निको भएर डिस्चार्ज १ सय ४७


प्रकाशित मिति : असार २८, २०७७ आईतबार

पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै कुल सङ्क्रमित १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिनुभएको हो । नेपालमा अहिले सकृय सङ्क्रमित आठहजार १७४ रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीनहजार ९१६ पीसीआर परीक्षण भएकाे छ । आइसोलेसनमा आठहजार १७४ रहेका छन् । आज १४७ जना सङ्क्रमित निको भएर डिस्चार्ज हुनुभएको छ । योसँगै आठहजार ५८९ पुगेको छ । याे कुल सङ्क्रमित भएर निको भएको सङ्ख्याको ५१.१ प्रतिशत हाे ।

यस्तै, आज काठमाडौँ उपत्यकामा सङ्क्रमित सङ्ख्या ६ पुगेको छ । काठमाडौँमा पाँचजना र ललितपुरमा एकजना सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भक्तपुरमा सङ्क्रमित पुष्टि भएकाे छैन ।

उपत्यकामा अहिलेसम्म तीनसय ४७ पुगेको छ । उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरमा सङ्क्रमितहरु केही विदेशबाट फर्केका र केही स्वदेश र केही स्थानीय रुपमा सङ्क्रमण भएका छन् । केही स्थानीय रुपमा सङ्क्रमण भएकाहरु शुन्य दशमलब १८ मात्र रहेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com