चिच्याइरहेँ ! लेदोले बगाइरह्यो : मगर


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

अघिल्लो दिन खेतबारीको कामले अति थाकेपछि रातभर एक निद्रा पनि नब्युँझी २६ गते बिहानै आँखा खुले । बिहान भीषण वर्षा भइरहेको थियो । त्यति बेला बिहानको ७ बजेको थियो । भीषण वर्षाका कारण बिहान रात परेको जस्तै भएको थियो । भीषण वर्षाले चारैतिरका पहाडमा पहिरो जाला जस्तो भएको थियो । सधैँ पानी परिरहने ठाउँ भएकाले खासै मतलब नगरी घरको कामधन्दामा लागिरहेँ ।

काम गर्दागर्दै एक्कासि पहाड नै आए जस्तो गरी जमिन थर्कियो । यसो माथितिर हेरेको मात्र के थिएँ, माथिबाट पहाड नै खसे जस्तो गरी बाढीपहिरो र बाक्लो लेदो आयो । त्यसले पुरिएर मरिन्छ भन्ने लागेर तुरुन्तै भागेँ । मभन्दा अगाडि छिमेकी पनि भाग्दै थिए । म पनि उनीहरूसँगै भाग्न थालेँ । मभन्दा अगाडि भाग्ने मान्छेलाई त्यसले छुन सकेन । मलाई भने छपक्कै छोप्यो ।

म त्यहाँबाट निस्कनै सकिन । साथीहरू कोही पनि मलाई निक(ाल्न आएनन् । सबै ज्यान जोगाउन भागिरहे । मेलै गुहार मागँे, बचाउनोस् भने तर बाढी र माटोको लेदोले मलाई बगाइरह्यो । अब बाँच्दिन भन्ने निश्चित भयो । बगाउँदै गर्दा मेरो टाउको, हातखुट्टा र शरीरका सबै भागमा ठक्कर लाग्यो । मैले भगवान् सम्झन थाले । लेदोले मलाई कहाँ लग्यो थाहा भएन । पछि बेहोस भएछु । होसमा आउँदा घरमुनि करिब ५ सय मिटर तल बारीको पाटामा थिएँ । सो बारीसँगै भोटेकोसी नदी छ । होस खुलेपछि मलाई भगवान्ले बचाउनुभयो, मगरले आँसु झार्दै भन्नुभयो ।

यी माथिका भनाइ असार २६ गते भोटेकोसी गाउँपालिका–५ को लार्चा भन्ने स्थानमा भीषण वर्षाका कारण बाढी र लेदो माटोले बगाएर बाँच्न सफल ५७ वर्षीय नाप्चे मगरको हो । उहाँलाई २६ गते बिहानै ७ बजे फुङ्माचे ठाडोखोलाबाट आएको बाढी र लेदोले बगाएको थियो । बाढी रोकिएपछि करिब १० घन्टापछि उहाँ बगेको ठाँउबाट निस्केर बाँच्न सफल हुनुभएको बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मगरलाई उद्धार गर्न दिनभर लागेको भोटेकोसी गाउँपालिका–३ का वडा सदस्य सार्की लामाले जानकारी दिँदै नाप्चे बाँचेर फर्किदा गाउँ नै रमाएको छ भन्नुभयो । वडा सदस्य लामाका अनुसार मगरलाई अहिले तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा राखेर थप उपचार गरिँदैछ । भोटेकोसी गाउँपालिका–२ का वडा अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले मगरको थप उपचार गर्न राजधानी लैजाने बताउनुभएको छ ।गोरखापत्रबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com