पोर्चुगलको राजधानी लिस्बोनमा प्लेन दुर्घटना ,पाँचको निधन


प्रकाशित मिति : बैशाख ४, २०७४ सोमबार

पोर्चुगलको राजधानी लिस्बन नजिकै लिडिल सुपरमार्केटमा स्विस विमान दुर्घटना हुदा आज पाँच जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् ।

विमानमा सवार चार जना मध्ये एक पाइलट, तिन जना फ्रान्सेली नागरिक र एक स्थानिय ट्रक ड्राईभरको मृत्यु भएको हो ।
विमान दुर्घटना हुँदा ट्रक समेत जलेर ध्वस्त भएको छ ।

दुर्घटना एक आवासिय विद्यालयको १५० मिटर नजिकै भएको थियो ।

विद्यालयमा भने कुनै क्षती नभएको जनाइएको छ ।

दुर्घटना हुनासाथ घटनास्थलमा तिन दर्जन जति दमकल उपस्थित भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com