डडेल्धुरामा खानेपानीको विषयमा झडप, एक बालकको मृत्यु


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

खानेपानीको विषयमा झडप हुँदा डडेल्धुरामा एक बालकको मृत्यु भएको छ ।जिल्लाको आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा झडप हुँदा ८ वर्षीय हिमान्सु महाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ ।

गएराति वडाको झरकाँडा भन्ने ठाउँमा भएको झडपमा घाइते भएका महाराको उपचारको क्रममा शनिबार विहान ९ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com