डेढ दर्जन लोकगीतपछि घिन्की पकनीका साथमा खेम भण्डारी


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

झण्डै डेढ दर्जन लोकगीत गाइसकेका लोकगायक खेम भण्डारीले तीजगीतको विषयवस्तुलाई समेटेर नयाँ गीत घिन्की पकनी ल्याएका छन् । हाम्री आमाले पकाएको रोटी, सेल हो कि ठकनी जस्ता गाउँघरका पुराना शब्दलाई टिपेर हाइब्रीड शैलीमा गीत प्रस्तुत गरिएको छ ।

गीतमा स्वर र शब्दमा खेम भण्डारीको रहेको छ भने एरेन्ज सन्तोष सुनामले गरेका छन् । लेकाली स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो क्रियसन हाउसले बनाएको हो । गीतको रेकर्ड र मिक्सिङ मानबहादुर बराल मगरले गरेका हुन् ।

धनबहादुर थापामगरको कोरियोग्राफी र आदर्श थापामगरको ग्राफिक डिजाइन रहेको गीतका सहायक क्यामेरापर्सन मिथुन थापा हुन् । गीतको सम्पादन, सिनेमेटोग्राफी र निर्देशन बालकुमार मगरले गरेका छन् । गीतमा भरत गुरुङ र करन थापामगरले कोरसमा साथ दिएका छन् भने सपना परियार, रमिता गुरुङ, अन्जना राना, सुप्रिया केसी लगायतले भिडियोमा साथ दिएका छन् ।

गायक खेम भण्डारीले यसअगाडि पनि कलाकारको जिन्दगी, त्यो डाँडा पारी, मै नाच्छु लगायतका लोकगीत र तीजगीतहरु गाइसकेका छन् । कोरोनाको महामारीमा सिमित साधन श्रोतका बीचमा काम गर्नुपर्ने भएपनि दर्शकहरुलाई मनोरञ्जन दिलाउन तीज गीत बजारमा ल्याएको उनले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com