कोशीमा पानीकाे बहाव उच्च


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

Swollen Saptakoshi River after incessant rainfall at the Koshi Barrage in Saptari-Sunsari border, on Saturday, July 23, 2016. Photo: Byas Shankar Upadhyaya

बिहीबारदेखि सुरु भएको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । शुक्रबार बिहानदेखि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको हो । पानीको बहाव उच्च भएपछि शुक्रबार दिउँसो देखि ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएका छन् ।

सप्तकोसी ब्यारेजमा गरिएको पछिल्लो मापनअनुसार २ लाख ५६ हजार ६ सय १५ क्युसेकका दरले बहाव भइरहेको जिल्ला प्रहरीको छ। अनुसार ब्यारेजका ५६ मध्ये ३८ ढोका खोलिएको छ । सप्तकोसीमा पानीको बहाव उच्च भएपछि खतराको स्तर पार गरेकाले तटीय क्षेत्रका सर्वसाधारणलाई सर्तकता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले दिएको जानकारी अनुसार नदीमा पानीको बहाव बढेसँगै कोसी ब्यारेजभन्दा दक्षिण १९ किलोमिटरसम्म नेपालतर्फ रहेको पश्चिमी तटबन्धमाथि पानीको दबाब बढेको छ ।

पाँच वर्षअघि भारतीय कोसी योजनाले कोसीको मध्य भागमा पाइलट च्यानल खनेर पानीको बहावलाई पश्चिमतर्फ फर्काइएपछि सुरक्षित रहँदै आएको सप्तकोसीको पश्चिमी तटबन्धमाथि दबाब बढ्दै गएको हो ।

यसैगरी कोसीको पश्चिमी तटबन्ध नजिक रहेको तिलाठी कोइलाडी गाउँको एउटा वडाका बासिन्दा पनि जोखिममा परेका गाउँपालिका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिनुभयो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com