नेकपा स्थायी कमिटीको बैठक ७ दिन स्थगित
प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले स्थायी समिति बैठक सात दिनका लागि स्थगित गर्ने निर्णय गरेको छ। नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले मुलुकमा अविरल वर्षाका कारण आएको बाढी पहिरोको विपत्तिमा ध्यान दिन भन्दै बैठक स्थगित गरेको बताए ।
श्रेष्ठले बाढी पहिरोका कारण उद्धार लगायतका काममा खटिन स्थायी समिति सदस्यहरू आफ्नो गृह जिल्ला लगायतका स्थानमा जानुपर्ने हुनसक्ने भएकाले ७ दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको बताए। अर्को बैठक साउन २ गते बस्ने बताइएको छ। असारको १८ गतेदेखि स्थायी समितिको बैठक बस्न सकेको छैन।