म्याग्दीमा पहिरो, दुई घरका ७ जना बेपत्ता


प्रकाशित मिति : असार २५, २०७७ बिहीबार

म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको रिखामा शुक्रबार बिहान गएको पहिरोमा पुरिएर सात जना बेपत्ता भएका छन् । अविरल वर्षाको कारण घण्टिवाङ भन्ने ठाउँबाट खसेको पहिरोमा परि दुई परिवारको सातजना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पहिरोले माथिल्लो भागमा रहेको घण्टीवाङका १३ परिवार विस्थापित भएका छन् भने घण्टीवाङ मुनीको रिखामा ६ घरमध्ये चार घर विस्थापित भएका छन्। पहिरो लगातार झरिरहेको कारणले गर्दा उद्धार कार्यमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनास्थलमा हेलिकप्टर जान लागेको भएपछि खराब मौसमका कारण उड्न सकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com