सरकारले दैनिक ४५ हजार बढीको कोरोना परीक्षण गर्ने


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गर्ने भएको हो । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले काठमाडौंँ  उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै परीक्षणको दायरा बढाउन लागिएको जानकारी दिनुभयो ।

परीक्षणको नयाँ मापदण्ड
अहिलेसम्म क्वारेन्टाइनमा रहने व्यक्तिहरूको मात्र परीक्षण हुँदै आएको थियो अब भने क्वारेन्टाइन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने छ । रोग नियन्त्रण महाशाखा प्रमुख डा। पाण्डेले स्पष्ट पार्नुभयो, “अब क्वारेन्टाइन बाहेकका व्यक्तिको कोरोना परीक्षण गरिने छ ।” उहाँका अनुसार बढी भीडभाड हुने कार्यालयका कर्मचारी, फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मी, नाकाबाट भित्रिने व्यक्तिहरूको कोरोना परीक्षण गरिने जानकारी दिनुभयो ।

यसबाहेक रेड जोनमा परेका जिल्ला दैलेख, अछाम, रौतहट, कपिलवस्तु, बाँके र पाल्पा लगायतमा कोरोना परीक्षण गरिने छ । धेरै सेवाग्राही आउने मालपोत, खानेपानी, विद्युत्, बैङ्क र अस्पतालजस्ता कार्यालयका अग्रपङ्क्तिमा खटिने कर्मचारीको कोरोना परीक्षण गर्ने तयारी गरिएको बताउँदै उहाँले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट बिहीबार टेकु, कालीमाटी तथा कलङ्की क्षेत्रका कार्यालयमा कार्यरत कर्मचारीको स्वाबको नमुना सङ्कलन गरिने जानकारी दिनुभयो ।

काठमाडौँं उपत्यकामा बन्दाबन्दी खुकुलो भएसंँगै मानिसको भीडभाड हुने, आवतजावत धेरै हुन थालेपछि काठमाडौँमा दैनिक कोरोनाका बिरामी बढ्न थालेका छन् । काठमाडौँ उपत्यकाका विभिन्न १२ स्थानमा समेत कारोना परीक्षण गरिसकेको छ र यो क्रमलाई निरन्तरता दिइने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शुल्क लिए कारबाही
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षण गरेबापत केही स्वास्थ्य संस्थाले शुल्क लिइरहेको गुनासो प्राप्त भएको भन्दै त्यस्तो कार्य गरे कारबाही गर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पीसीआरको शुल्क लिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले पीसीआर परीक्षण सम्बन्धमा सरकारको निर्देशिकाविपरीत कोही–कसैले कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने बताउनुभयो । उहाँले देशका केही प्रतिष्ठानहरूले शुल्क लिई पीसीआर परीक्षण भइरहेको भन्ने बुझिन आएको भन्दै पीसीआर परीक्षणको शुल्क सरकारले नै व्यहोरिरहेको बताउनुभयो ।

उपत्यकामा थप २३ सङ्क्रमित
यसैबीच बुधबार काठमाडौँ उपत्यकामा २३ जनासहित थप २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता प्राडा गौतमले पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना पोजेटिभ देखिएको बताउनुभयो । काठमाडौँंका १६ र ललितपुरका सात जनामा कोरोना पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा २५५ जना थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा २५३ जना निको भएर घर फर्किएका छन् । नेपालमा कोरोना निको भएर घर फर्किनेको सङ्ख्या सात हजार ७५२ पुगेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com