ओली र प्रचण्डबीच बालुवाटारमा वार्ता सुरु


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ। बुधबार अपरान्ह प्रधानमन्त्री ओलीसँग छलफल गर्न प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् । अहिले दुई अध्यक्षबीच वार्ता सुरु भएको स्रोतले बताएको छ ।

पछिल्लोसमय नेकपामा आन्तरिक विवाद चर्किएको छ । चालु स्थायी कमिटीको बैठकमा बहुमत सदस्यले पार्टी र सरकार सञ्चालनमा ओली असफल भएको भन्दै प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि विवाद बढेको हो । सहमति खोज्नका लागि दुई अध्यक्षबीच भेटवार्ता जारी छ तर, छलफल भने निष्कर्षमा पुगेको छैन । आज बोलाइएको स्थायी कमिटी बैठक पनि २६ गतेसम्मका लागि स्थगित भएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com