प्रचण्ड र ओलीबीच चौथो दिनको ‘वान टु वान’ वार्ता ४ बजे


प्रकाशित मिति : असार २४, २०७७ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी गतिरोध अन्त्यको प्रयास स्वरुप दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज अपरान्ह ४ बजे वार्ता हुँदैछ । अध्यक्षका सचिवालयले दिएको जानकारी अनुसार आज बुधबार बस्ने स्थायी कमिटी बैठक स्थगित भएपछि पार्टीको विवाद सल्टाउने प्रयासमा दुई अध्यक्षबीच अपरान्ह ४ बजे बालुवाटारमा बैठक बस्न लागेको हो ।

पटक पटक स्थायी कमिटी बैठक सरेपछि सहमतिको दबाब अध्यक्षद्वयमा परेको छ । ‘अध्यक्षद्वयबीच सहमति बने मात्र निकास निस्कने’ भन्दै स्थायी कमिटीका नेताहरूले बैठक स्थगनबारे खासै टिप्पणी गर्नुभएको छैन । दैनिकजसो भइरहेको वार्ताले सहमतिको वातावरण बन्दैगएको विश्वास नेताहरूको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्थायी कमिटी बैठकमा उठेपछि दुई अध्यक्षबीचको मनमुटाव सतहमा आएको थियो ।

तर प्रधानमन्त्री ओलीले अहिले दुवै पदबाट आफू राजीनामा दिनुपर्ने विषयकाे औचित्य पुष्टि नभएको बताउँदैआउनुभएको छ । संविधान संशोधन गरेर लिम्पियाधुरा, लिपुलेक तथा कालापानी नेपाली भूभाग समेटिएको नयाँ नक्सा जारी भएपछि आफूलाई पदबाट हटाउने षडयन्त्र शुरु भएको प्रतिक्रिया प्रधानमन्त्री ओलीले एक कार्यक्रममा दिनुभएको थियो । त्यस प्रतिक्रियाले पार्टी फुट हुनेसम्मको परिस्थिति बनेपछि समस्या सल्टाउन दुई अध्यक्ष सक्रिय हुनुभएको छ । वार्ताबाटै समस्या हल हुनेमा नेकपाका नेताहरू आशावादी देखिनुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com