नेकपा स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । पार्टीभित्र देखिएको विवाद नमिलेको कारण आज बुधबार बस्ने भनिएको बैठक स्थगित भएको एक स्थायी सदस्यले जानकारी दिए । यसअघि पनि सोमबार बस्ने स्थगित भएको थियो ।

लगातार तीन दिनदेखि दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच वार्ता हुँदै आएपनि ठोस निर्णय हुन नसक्दा बैठक स्थगित भएको बताइएको छ ।

स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com