नेकपा स्थायी कमिटी बैठक बस्दै


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको हो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक स्थगित हुँदै आएको छ । यसअघि तयारी नपुगेको भन्दै सोमबारको बैठक बुधबारका लागि सारिएको थियो ।

स्थायी कमिटी बैठक बस्नुअघि दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल हुँदैछ । सहमतिका लागि दुई अध्यक्षको हिजोको छलफलले पनि कुनै ठोस सहमति नभएपछि आज बस्ने गरी टुंगिएको थियो। स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि बैठक स्थगित हुँदै आएको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com