ओली र प्रचण्डबीच आज पनि ‘वान टु वान’ वार्ता


प्रकाशित मिति : असार २३, २०७७ मंगलबार

पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज पनि छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली र प्रचण्डबीच छलफल हुन लागेको हो । यद्यपी, समय भने तय भैइनसकेको एक सचिवालय सदस्यले बताए । सोमबार ओली प्रचण्डबीच झण्डै साढे दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो । वार्तामा दुई अध्यक्ष मिलेर समाधानको बाटो खोज्ने र आवश्यक परे वरिष्ठ नेतारुसँग पनि छलफल गर्ने सहमति भएको थियो । आइतबार भने अन्य नेताहरुसहित वार्तामा बसेका थिए ।

नेताहरुबीच सहमति खोज्न् भन्दै जारी स्थायी समिति बैठक बुधबारसम्म स्थगित गरिएको छ । स्थायी समिति बैठकमा बहुमत सदस्यले ओलीको राजीनामा मागेपनि ओली राजीनामा नदिने पक्षमा छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com