बेरोजगारी विमामा साप्ताहिक प्रमाणिकरण छुटाएकालाई टेक्स्ट मेसेज पठाउन सुरु


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

आजदेखि न्युयोर्क डिपार्टमेन्ट अफ लेवरले विगतको कुनै साताको वेरोजगारी विमा प्रमाणिकरण गर्न छुटाएकाहरुलाई फोन नम्बरमा टेक्स्ट मेसेज पठाउन सुरु गरेको छ । इमेलमार्फत पहुच कायम हुन नसकेकाहरुलाई टेक्स्ट मेसेज पठाउन सुरु गरिएको डिपार्टमेन्ट अफ लेवरले जनाएको छ ।

टेक्स्ट मेसेजमार्फत नै डकुसाइनको लिंक प्राप्त हुनेछ । जसमा क्लिक गरेर आवेदकले छुटेका साताको बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायता रकम दावी गर्न सक्नेछन् । एकपटक डकुसाइनमार्फत प्रमाणित गरेर पठाएपछि आवेदकले केहीदिनमा नै रकम प्राप्त गर्नसक्नेछन् ।

अमेरिकामा कोरोनाको महामारीपछि कैयन व्यक्ति कामविहिन हुँदा बेरोजगारी विमा वा महामारी बेरोजगारी सहायताका लागि योग्य भएका छन् । उक्त रकमका अतिरिक्त संघीय सरकारबाट साप्ताहिक ६ सय डलरको समेत व्यवस्था हुँदै आएको छ ।

उक्त ६ सय डलरभने अबको तीनसातामात्र प्राप्त हुने जनाइएको छ । किनभने उक्त संघीय सहायता रकम जुलाई ३१ सम्मका लागिमात्र तय गरिएको छ । कतिपय राज्यमा त्यो अगाडि नै साता समाप्त हुने भएकाले अबको तीनसातामात्र उक्त रकम प्राप्त हुने देखिएको छ ।

साप्ताहिक ६ सय डलरको अवधि बढाउने सन्दर्भमा अमेरिकी संसदको तल्लो सदनबाट बिल पारित भइसकेको छ । तर सिनेटमा भने उक्त बिलमा सहमति कायम भएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com