पहिलो सांगितिक एल्बम रिलिज गर्दै दलाई लामाको ८५ औं जन्मदिन


प्रकाशित मिति : असार २२, २०७७ सोमबार

पहिलो सांगितिक एल्बम रिलिज गर्दै दलाई लामाको ८५ औं जन्मदिन मनाइएको छ । जुलाई ६ सोमबार १४ औं दलाई लामाको ८५ औं जन्मदिन हो ।

तिब्बती धार्मिक गुरु दलाई लामाको एल्बममा मन्त्रहरु र बुद्धधर्म सम्बन्धि पाठहरु रहेका छन् । आफ्नो यो एल्बमबाट कोरोनाको महामारीकाबीच फैलिएको अराजकतामा केही शान्ति थप्ने दलाई लामाको विश्वास रहेको छ ।

संगीतमा हाम्रा भिन्नताहरुलाई पारगर्ने सम्भाव्यता रहने र यसलाई मान्छेलाई न्यानो हृदयको वास्तविक गुणमा फर्कन मद्दत पुग्ने लामाले जारी गरेको वक्तब्यमा जनाइएको छ । आफ्नो उद्देश्य सकेजति सेवा गर्नु रहेको र संगीतले अझ त्यो भन्दा व्यापक तरिकाले सघाउने लामाको भनाई छ ।

इनर वल्र्ड नामको उक्त एल्बममा ११ वटा संगीतका ट्रयाकहरु समावेश गरिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com