विश्वकी सबैभन्दा वृद्ध महिलाको इटलीमा निधन


प्रकाशित मिति : बैशाख ३, २०७४ आईतबार

विश्वकी सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा इटलीमा निधन भएको छ।
सन् १८९९ को नोभेम्बर २९ मा इटलीको पीडमन्टमा जन्मीएकी एम्मा मोरानोको उत्तरी इटलीस्थित भरबान्यामा रहेको आफ्नै घरमा निधन भएको हो।
१८ औं शताब्दीमा जन्मिएर हालसम्म जीवित प्रमाणित उनी अन्तिम व्यक्ति भएको बताइएको छ।

उनको निधनसँगै मानव इतिहासले एउटा कोशेढुंगा पार गरेको छ।उनी आफ्ना नौजना भाइ तथा बहिनीमध्ये सबैभन्दा जेठी थिइन्। उनीमात्रै हालसम्म जीवित थिइन्।मोरानोले आफ्नो जीवनकालमा तीन शताब्दीमात्रै देखिनन् बरु उनले एउटा पीडादायी वैवाहिक सम्बन्धको पनि सामना गरिन् र आफ्ना एकमात्र छोरालाई पनि गुमाइन्।

उनले आफ्नो जीवनकालमा दुईवटा विश्वयुद्ध र इटलीमा ९० वटाभन्दा बढी सरकार परिवर्तन भएको पनि देखिन्।आफ्नो दीर्घजीवनका लागि वंशाणुगत गुणलाई श्रेय दिने गरेकी मोरानोकी आमाको ९१ वर्षमा निधन भएको थियो भने उनकी केही बहिनीहरु सय वर्षसम्म बाँचेका थिए।

९० वर्षभन्दा बढी उमेरसम्म तीनवटा अण्डा खाने गरेकोले पनि आफ्नो आयु त्यति लामो भएको उनले बताउने गरेकी थिइन्।
उनले प्रत्येक दिन तीनवटा अण्डा खाने गरेकी मोरानोले दुईवटा चाहिँ काचो अण्डा खाने गर्थिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रथम विश्वयुद्ध लगत्तै डाक्टरले रक्तअल्पताको समस्या देखिएको बताएपछि उनले त्यसो गर्न थालेकी थिइन्।पछिल्लो समय उनी दुईवटा अण्डा र केही बिस्कुट मात्रै खाने गरेकी थिइन्।मोरानो २७ वर्षकी हुँदाताकाको उनका डाक्टर रहेका कार्लो बाभाले समाचार संस्था एएफपीलाई बताएअनुसार उनले विरलै सागसब्जी र फलफूल खाने गर्थिन्।

उनी प्रतिदिन तीनवटा अण्डा खाने गर्थिन्, बिहान दुईवटा काचो र मध्यान्ह एउटा अम्लेट र राति कुखुराको मासु खाने गर्थिन्।सम्बन्धविच्छेदलाई पनि दीर्घजीवनको एउटा कारण बताउने गरेकी मोरानोले सन् १९३८ मा आफ्ना एकमात्र छोराको ६ महिनाकै उमेरमा मृत्यु भएपछि आफ्ना श्रीमान लाई छाडेकी थिइन्।
उनका प्रेमी प्रथम विश्वयुद्धमा मारिएका थिए। प्रेमीको निधन पछि उनलाई कसैसँग बिहे गर्ने उनलाई इच्छा भएन।

एउटा पत्रिकासँगको अन्तर्वार्तामा उनले ११२ वर्ष हुँदा आफूसँग कुनै विकल्प नभएको बताइएकी थिइन्।
उनले भनेकी थिइन्, उसले भन्योः यदि तिमी भाग्यमानी छौ भने मसँग बिहे गर, नभए म तिमीलाई मार्दिन्छु। त्यतिबेला म २६ वर्षकी थिएँ। अनि मैले बिहे गरेँ।
सन् १९३८ मै उनीहरु छुट्टिएपनि सन् १९७८ मा उनका श्रीमान्को मृत्यु नहुञ्जेल उनीहरु विवाहित रुपमै रहे।
७५ वर्षको उमेरसम्म मोरानोले जागिर गरिन् र फेरि बिहे नगर्ने निधो गरिन्।
न्युयोर्क टाइम्ससँगको कुराकानीमा उनले भनेकी थिइन्, म कसैबाट दमित हुन चाहन्न।
केही वर्षअघि मात्रै उनले पूर्णकालीन हेरचार गर्ने मान्छे राखेकी थिइन् तर विगत २० वर्षयता उनी दुईकोठे आफ्नो सानो आवासीय भवनबाट बाहिर निस्केकी थिइनन्।
वृद्धावस्थाबारे अध्ययन गर्ने अमेरिकास्थित संस्था जीआरजीका अब मोरानोको निधनसँगै अब विश्वकी सबैभन्दा वृद्ध प्रमाणित जीवित महिला जमैकाकी भायलेट ब्राउन हुन्, जसको जन्म सन् १९९० को मार्च १० तारिखमा भएको थियो, बिबिसीले जनाएको छ ।।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com