गीतकार गदालको नयाँ गीत सार्वजनिक


प्रकाशित मिति : असार २१, २०७७ आईतबार

गीतकार ज्ञानेन्द्र गदालको नयाँ गीत युट्युब मार्फत सार्वजनिक गरिएको छ । ‘मेरो दिलैमा’ बोलको उक्त गीतमा मणिकमल क्षेत्रीको संगीत र कुबेर राइको स्वर रहेको छ ।

सचिन सिंहको संगीत संयोजन रहेको गितको भिडियो भिजन नेपाल फिल्मस एण्ड इन्टरटेन्मेन्टले निर्माण गरेको हो । प्रेमिल भावनाले भरिएको गीतमा गदालले पुर्वी नेपालको अन्तु डाडा, मिरिक लगायत मेचिखोला आसपासका प्राकृतिक छटाहरुको सहारामा आफ्नो प्रेम अभिव्यक्त गरेका छन् ।

लिरिकल भिडियोका निर्माता तथा सम्पादक रबिन्द्र बराल हुन् ।

‘लकडाउनका कारण हाल लिरिकल भिडियो मात्र निर्माण गरिएको हो छिट्टै म्यूजिक भिडियो पनि बनाउने छौं’, –  बरालले भने ।

चालिसको दशकदेखि साहित्यमा सक्रिय गदालले ‘दिन ढल्यो अंधेरि रातमा’  लगायत सयौँ लोकप्रिय गित रचना गरेका छन् ।  उनले करिब १ सय ५० गित र ७ वटा एल्वम सार्वजनिक गरिसकेका छन् ।

उनको “ मलाइ छुने मन” गीतसंग्रह र “झरिपछिको आकाश” गीति कविता पनि प्रकाशित छन् ।

इलामको फिक्कलमा जन्मिएका गदाल केहि समय नेपाल सरकारको नीजामती सेवामा जागिरे पनि थिए । सन् १९९८ देखि अमेरिका बस्दै आएका उनीे नेपाली साहित्यको प्रवर्धनमा सक्रिय संस्था, अन्तराष्ट्यि नेपाली साहित्य समाजको अध्यक्ष समेत रहिसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com