अझै,जोखिम घरमै बस्न बाध्य छन् भूकम्पपीडित


प्रकाशित मिति : बैशाख २, २०७४ शनिबार

चितवनको विकट क्षेत्रमापर्ने साविक सिद्धी गाविसको सिन्थी गाउँका ७८ वर्षका भीमबहादुर मगरका परिवार भूकम्पले भत्काएको जोखिमघरमै बस्न बाध्य छन् । भूकम्पले घरको भित्ता लडाएको छ र चोटाको एकापट्टिको पाखासमेत छैन ।

‘ढुङ्गाको गाह्रो लगाएर बनाएको घर कुनबेला ढल्ने हो पत्तो छैन’ । त्यही घरमा मर्मतसमेत नगरी उनका परिवार बसिरहेका छन् । ‘अहिलेसम्म कतैबाट राहत नपाएको गुनासो मगरको छ । अहिलेसम्म कसैले हेरेन, दुईटा कागज दियो अरु दिएको छैन, भीमबहादुरले प्रश्न गर्दै भने भन्नुभयो, हामीलाई राहतदिन्छ अब सररु’ तत्कालीन जिल्लादैवी प्रकोप उद्धार समितिले उनको घरलाई आंशिक क्षति भएको भनेर प्रमाणित गरेको छ । सामान्य क्षति भएकाको समेत पूर्ण क्षतिमा परेको कुरा बाहिर आइरहेका बेला यि वृद्धको घर आंशिक क्षतिमा परेको छ । ‘कहिल्यैं आइज पनि भन्दैन, आउदा नी आउँदैन,’ वृद्ध मगरले भन्नुभयो ।

गाउँमा टोलीगएका बेला सुनिलकुमार ठाकुरले २०७२ सालको जेठ अन्तिममा आंशिक क्षति प्रमाणित गरेका छन् ।

हालसालै भूकम्प प्रभावित आवास पुनःनिर्माण लगत सङ्कलन टोली उनको घरमा पुगेर गएको माघ २० गते विवरण सङ्कलन गरेर फर्किएको छ । त्यही विवरणलाई आधार मानेर उहाँले राहत पाउने आशा गर्नुभएको छ । अब भने पक्कै राहत पाइन्छ भन्ने आशा बोकेर घरमा बसेको छ, त्यो परिवार ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भीमबहादुरका चारवटी श्रीमती, एकजना बितेकी भए पनि अरु तीनजना छन् । सातजना छोरा छन् । चार छोरी छन् । केही आफ्नो गरेर खान थालेका छन् । तर उनीहरुले पुरानो जोखिम घर छाड्न सकेका छैनन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com