मुस्ताङ किदुग अमेरिकाबाट नेपालमा कोरोना प्रभावितलाई साढे चौध लाख सहयोग


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

मुस्ताङ किदुग अमेरिकाले नेपालमा कोरोनाको महामारीबाट प्रभावितहरुको सहयोगका लागि झण्डै साढे १४ लाख रुपैया सहयोग प्रदान गरेको छ । नेपालका विभिन्न संघसंस्थाहरु र मिडियाकर्मीमार्फत उक्त सहयोग रकम पठाइएको हो ।

कोरोनाको महामारीमा अमेरिकाको न्युयोर्कमा किदुगका सदस्य रहेका प्रत्येक घरधुरीका सदस्यहरुलाई पुग्ने गरी सुरक्षाको लागि ६ हजार एनके ९५ तथा सर्जिकल मास्क वितरण गरिएको छ।

किदुगका अध्यक्ष पेमा छिरिङ गुरुङ , सदस्य सचिव मानाव गुरुङ लगायत वर्तमान कार्य समितिको पहलमा यो सहयोग उपलब्ध गराइएका हो । सहयोगका लागि न्युयोर्कका सम्पुर्ण मुस्ताङबासी दिदिबहिनी तथा दाजुभाईहरुलाई समेत धन्यवाद दिइएको छ ।

नेपालमा विपद पर्दा मुस्ताङ किदुग अमेरिकाले मानविय कार्यमा सहयोग गर्दै आएको छ । किदुगको आर्थिक सहयोगलाई जिम्मेवारी पुर्वक हस्तान्तरण गरी सम्बन्धित पिडित पक्षलाई प्रत्यक्ष रुपमा वितरण गर्ने नेपाल स्थित परोपकारी संघ संस्थाहरुलाई किदुगका संरक्षक राजकुमार बिष्टले धन्यवाद दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com