भारत विस्तारै लकडाउनलाई अन्त्य गर्ने दिशातर्फ-१ जुलाइबाट अनलक-२ सुरु


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुलाई १ देखि अनलक-२ सुरु हुने बताएका छन् । उनले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै ३ जुनदेखि ३० जुनसम्म अनलक-१ को अवधि पूरा भएकाले अब मुलुक विस्तारै लकडाउनलाई अन्त्य गर्ने दिशातर्फ अघि बढेको बताएका छन् ।

प्रधानमन्त्री मोदीले कोरोना महामारीका कारण गरिब जनता समस्यामा परेको भन्दै भारतका ८० करोडभन्दा बढी नागरिकलाई नोभेम्बरसम्म निःशुल्क रासन उपलब्ध गराउने घोषणा समेत गरेका छन् ।

उनले भारत सरकारले कोरोना नियन्त्रणका लागि सही समयमा कदम चालेको बताएका छन् । उनले भने, “कोरोना नियन्त्रणका लागि भारत सरकारले सही समयमा गरेको लकडाउन र अन्य नियमले गर्दा लाखौं मानिसहरुको जीवन जोगिएको छ । अनलक-१ सुरु भएदेखि भारतमा नागरिकको लापरबाही बढिरहेको छ । कोरोनाबाट बच्‍न लापरबाही होइन सजग सचेत रहन आवश्यक हुन्छ ।”

उनले सरकारले जारी गरेका स्वास्थ्यसम्बन्धी गाइडलाइनको पालना गर्नसमेत आग्रह गरेका छन् । उनले भने, “गाउँका प्रधान होस् अथवा प्रधानमन्त्री । कानुनमाथि कोही पनि हुनसक्दैन । त्यसकारण कानुनको पालना गर्न उनले आग्रह गरेका हुन् ।”

प्रधानमन्त्री मोदीले मुलुकका मिहिनेत गर्ने किसान र करदाताका कारण सरकार अहिलेको स्थितिमा छ । त्यसकारण नोभेम्बरसम्म भारतका ८० करोडभन्दा बढी नागरिकलाई निःशुल्क राशन उपलब्ध गराउने घोषणा गरेका छौं ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com