भारतमा पनि बन्यो कोरोनाको भ्याक्सिन, जुलाईमा मानव ट्रायल हुने


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

भारतमा बनाइएको कोरोनाको भ्याक्सिनको आगामी जुलाईमा मानवीय ट्रायल हुने भएको छ ।

हैदरावादको औषधि कम्पनि भारत बायोटेकले बनाएको यो औषधिको ट्रायलका लागि भारतीय सरकारले अनुमति दिएको भारतीय मिडियाहरुले बताएका छन् ।

भारत बायोटेकले कति जनामा ट्रायल हुन्छ भन्ने बारे नबताएपनि जनवारमा यस अघि गरेको ट्रायल उत्साहवर्धक रहेको बताएको छ ।

अहिले भारतमा कोरोनाविरुद्धको भ्याक्सिन बनाउन १२० भन्दा बढी भ्याक्सिनको बनाउने काम चलिरहेको भएपनि मानव ट्रायलसम्म पुगेको भने पहिलो यहि भएको छ ।

भारतमा औषधिको नियामक संस्थाले पहिल ओर दोस्रो चरणको मानव ट्रायलको अनुमति दिएको बताइएको छ ।

यस भ्याक्सिनलाई कोभ्याक्सिन नाम दिइएको छ भने भारत बायोटेकले भारतको नेशनल इन्स्टिच्युट अफ भायारोलोजी एण्ड इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगमा तयार गरेको जनाएको छ ।
भारत विश्वमा जेनेरिक औषधि बनाउने र धेरै भ्याक्सिन निर्माता देश मध्ये एक हो ।

भारतमा पोलियो, मेनिन्जाईटिस, निमोनिया, बिसिजी, रुबेला जस्ता रोगका भ्याक्सिन बनाइएको थियो ।

अहिले कोरोनाको भ्याक्सिन विश्वभर बनाउने प्रयास भएपनि बेलायतको अक्सफोर्ड युनिभर्सिटीले बनिरहेको भ्याक्सिन सबै भन्दा अगाडी रहेको छ । अहिले सो भ्याक्सिनको दक्षिण अफ्रीका र ब्राजिलमा ट्रायल भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com