आगामी जुलाई १ मा अमेरिका र क्यानडाका ७ विमानस्थलबाट दोहाहुँदै नेपाल जान सकिने


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

आगामी जुलाई १ मा अमेरिकाका विभिन्न ६ वटा विमानस्थलबाट कतार एयरवेजमार्फत दोहाहुँदै नेपाल जान सकिने भएको छ । क्यानडाको मोन्टरियल, अमेरिकाको लस एन्जलस, डायलस, शिकागो, न्युयोर्क, बोस्टन र वासिंटन डिसीबाट नियमित उडानमार्फत दोहा जान सकिने र दोहाबाट चार्टड उडानबाट नेपाल जान सकिने भएको छ ।

अमेरिका र क्यानडाबाट नेपाल जानका लागि टिकट लिनुपरेमा एरो नेपाल ट्राभलमा राकेश तुलाधरलाई ५७१ २०१ ६५७६ वा ७०३ ६६३ ८०७० मा सम्पर्क गर्न सकिनेछ । कम्तीमा ६ महिनाको म्याद भएको नेपाली पासपोर्ट भएकाहरु र कोभिड टेस्टको प्रमाणपत्र भएकाहरु यी उडानहरुमार्फत नेपाल जानसक्ने तुलाधरले जानकारी दिए ।

जुलाई १ बाट कतारका प्राय नेटवर्कबाट दोहासम्मका नियमित उडानहरु सुचारु हुने भएकाले अमेरिका र क्यानडाबाट नेपाल जान चाहने नेपालीहरुलाई समेत नियमित उडानबाट दोहा लगेर त्यहाँबाट चार्टड उडानबाट नेपाल लैजाने व्यवस्था एयरलाइन्सले गरेको तुलाधरले जानकारी दिए । दोहामा ७ देखि ९ घण्टाको ट्रान्जिट हुने र त्यहाँबाट जुलाई ३ लाग्नासाथ विहानै १२ बजेर १५ मिनेटमा काठमाडौंका लागि उडान हुने जनाइएको छ ।

अहिलेसम्मको तालिका अनुशार काठमाडौंमा जुलाई ३ को विहान ७ बजे अवतरण हुने तय भएको छ । तर तालिकामा थोरै फेरवदल समेत आउनसक्ने जनाइएको छ । यी उडानमार्फत नेपाल जान चाहनेहरुले १६ सय डलरमा टिकट किन्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com