एक्सरे गर्न आएकी युवतीलाई नाङ्गै बनाएको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
प्रकाशित मिति : असार १५, २०७७ सोमबार

medical doctor with stethoscope on white background
दाङको घोराहीमा रहेको एक निजी अस्पतालमा एक्सरे गर्न पुगेकी एक युवतीलाई पुरै कपडा खोलेर नाङ्गो बनाइ एक्सरे गराएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबइ गाउँपालिका ५ का २२ वर्षिय नवराज डाँगीलाई पक्राउ रहेका छन् ।
आइतबार घोराहीको लुहासुरस्थित गोर्खा हस्पिटलमा छातीको एक्सरे गर्न आएकी घोराही–१८ निवासी १९ वर्षकी युवतीलाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।
घोराहीकी ती युवतीका आफन्तले स्वास्थ्यकर्मीले एक्सरे गर्ने क्रममा दुर्व्यवहार गर्न खोजेको भन्दै उजुरी गरेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि वडा प्रहरी कार्यालयले डाँगीलाई जिल्ला प्रहरी कार्यालय पठाएको छ । युवतीले आफुलाई एक्सरेको क्रममा पुरै शरीर नाङ्गो बनाएको आफन्तलाई भन्नेपछि घटना बाहिरिएको हो ।