नेपालमा कोरोना संक्रमित २९ वर्षीय युवाको मृत्यु


प्रकाशित मिति : असार १५, २०७७ सोमबार

कोरोना भाइरसको संक्रमण पुष्टि भएका फतुवा विजयपुर ७ निवासी २९ वर्षीय युवाको गएराति मृत्यु भएको छ ।

हृदयरोगबाट ग्रसित ती पुरुषको ललितपुरस्थित स्टार अस्पतालमा  उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

लामोसमय देखि हृदय रोगबाट ग्रसित ती युवकलाई केही दिन अघि उपचारको लागि वीरगंजस्थित नारायणी बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यमा सुधार नभएपछि गत शुक्रबार राति एम्बुलेन्सबाट ललितपुरस्थित स्टार अस्पताल ल्याइएको थियो ।

उनको मृत्यु कोरोनासंक्रमणका कारण  भएपनि स्वास्थ्य मन्त्रालयबाट भने पुष्टि हुन् बाँकी छ । नेपालमा यसघि नै कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगिसकेको  छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com