टेक्सासका हरि लामिछानेको नयाँ गीत ‘मेरो अँगालो’ भिडियो सहित


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

अमेरिकाको टेक्सास निवासी हरि लामिछानेको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मेरो अँगालो’ बोलको गीतमा संगित पनि लामिछानेकै रहेको छ ।

गीतको छायांकन नेपाल र अमेरिकाको बिभिन्न स्थानमा गरिएको छ । चर्चित ढुंगेलका शब्दलाई राजन ईशानले एरेन्ज गरेका छन् । हरि क्रियशनले निर्माण गरेको भिडियोलाई छायांकन मनिष श्रेष्ठले गरेका हुन् ।

यसअगाडि पनि उनले बिभिन्न चर्चित कलाकारका गितहरुलाई कभर गाउंदै आएका थिए । युवा बर्ग कोरोनाको महामारीका कारण तनावमा रहेको अवस्थामा आफुले गीत मार्फत केहि हदसम्म भए पनि रमाईलो गराएर तनाव मुक्त गराउने प्रयास गरेको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com