पोर्चुगलको लिस्बनमा गतसातादेखि हराएका सिद्धान्त गुरुङ मृत


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

पोर्चुगलको लिस्बनमा गतसातादेखि हराएका १७ बर्षका सिद्धान्त गुरुङको शव भेटिएको छ । २ बर्ष देखि पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका गुरुङ गत हप्तादेखि हराएका थिए ।

उनी हराएदेखि नै परिवार र नेपाली समुदायले खोजी कार्य जारी राखेको थियो । उनी हराएकै दिन १७ जुन मा राती साढे १० बजे ओरन्ते नजिकै नदिमा मोबाइल खसेको र मोवाइल झिक्न उनी नदिमा हामफालेको प्रत्यक्षदर्शीलाई उद्धत गर्दै प्रहरीले बताएको छ ।

तत्काल प्रहरीले उद्दारगरी बाहिर निकाल्दासम्म उनकोको निधन भइसकेको प्रहरीले जनाएको छ । हाल उनको शव मार्टीमुनीजको अस्पताल साओजेसोमा राखीएको छ । कानुनी प्रकृया पुरा गरेपछि दाहसंकार गरिने भएको छ ।

नेपालमा पोखरा बुद्धचोक स्थायी घर भएका उनी बुबाआमासँग बस्दै पोर्चुगलमा बस्दै आएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com