छोरीहरु भेट्न थाइल्याण्ड गएकी हिमानी र छोरा हृदयेन्द्र तीन महिनापछि स्वदेश फर्किए
प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

uf]/vsfnL dlGb/df k”j{ o’j/f1L k”hfcr{gfsf nflu dªunaf/ uf]/vf b/af/l:yt uf]/vsfnL dlGb/ hfFb} k”j{ o’j/f1L lxdfgL zfx / 5f]/f x[bo]Gb| zfx . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;
पूर्वयुवराज्ञी हिमानी राज्य लक्ष्मी शाह तीन महिनापछि स्वदेश फिरेकी छन्। लकडाउन अगाडि छोरीहरु पूर्णिका र कृतिकालाई भेट्न थाइल्याण्ड गएकी हिमानी शाह मंगलबार स्वदेश फिरेकी हुन्। हिमानीसँगै छोरा हृदयेन्द्र पनि थाइल्याण्ड गएका थिए।
नेपालमा कोरोना भाइरस संक्रमण जोखिम रोक्न सरकारले चैत ११ देखि लकडाउन गरेको थियो। लकडाउन भएसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए। लकडाउनको केही समय अगाडि छोरीहरु भेट्न छोरासहित थाइल्याण्ड गएकी हिमानी उतै अड्किएकी थिइन्। मंगलबार छोरा हृदयेन्द्रका साथ हिमानी नेपाल फिरेकी हुन्।
हिमानीका छोरीहरु अहिले उच्चशिक्षाका लागि थाइल्याण्डमा छन्। लकडाउनमा हिमानीलाई छोरीहरुसँग टिकटक बनाउँदै गरेको पनि देखिएको थियो।