नेपालमा १० हजार ९९ जना कोरोना संक्रमित, २४ को मृत्यु


प्रकाशित मिति : असार ९, २०७७ मंगलबार

नेपालमा कोरोना भाइरसको संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ । आज दैलेखका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दैलेखको दुल्लु नगरपालिका वडा नं ३ का ४५ वर्षीय पुरुष हुन् । उनको ८ असारको बेलुका सुर्खेत अस्पतालको आइशोलेशनमा मृत्यु भएको हो । क्षयरोग तथा दमको बिरामी भई ३ असारमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण देखिएको थियो । अहिलेसम्म २४ जनाको संक्रमणबाट मृत्यु भएकोमा १९ पुरुष र ५ महिला छन् ।

यसैगरी स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज ५ सय ३८ सक्रमित थपिएसँगै कुल संक्रमित १० हजार ९९ पुगेको जानकारी दिएका छन् । उनका अनुसार आज थपिएकामा ९० महिला र ४ सय ४८ पुरुष छन् । यसरी कुल संक्रमितमध्ये ९ सय ८४ महिला र ९ हजार एक सय १५ पुरुष छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com