सर्वोच्चको निर्णयका बाबजुत ६ महिनाभित्र डाका कार्यक्रम समाप्त गर्ने ट्रम्प प्रशासनको योजना


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

डाका कार्यक्रम तत्काल खारेज गर्न नपाउने गरी सर्वोच्च अदालतले गरेको निर्णयका बाबजुत ६ महिनाभित्र डाका कार्यक्रम समाप्त गर्ने योजनामा ट्रम्प प्रशासन रहेको छ । बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण गर्ने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल डाका कार्यक्रम आगामी ६ महिनामा समाप्ता गर्ने योजना रहेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी प्रमुखले आइतबार बताएका छन् ।

ट्रम्प प्रशासनले डाका कार्यक्रम समाप्त गर्न गरेको प्रयासलाई सर्बोच्चले रोकेपनि ट्रम्प प्रशासनले डाका कार्यक्रमलाई गैरकानुनी बताउँदै आएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका कार्यकारी प्रमुख चाड उल्फले डाका कार्यक्रम समाप्त गर्ने प्रकृयामामात्र सर्वोच्चको असहमति रहेको बताएका छन् ।

सर्वोच्चले डाका कार्यक्रमलाई कहिले पनि कानुनी नवताएको उनको भनाई छ । विहिबार सर्वोच्च अदालतले डाकाले समेटेका झण्डै ८ लाख कागजपत्रविहिनलाई तत्काल देशनिकाला हुनबाट संरक्षण प्रदान गरेको थियो । यो कार्यक्रम तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

सरकारले यसबारे समाधान खोज्न संसदलाई दवाव दिने उल्फले बताएका छन् । त्यस्तै राष्ट्रपति ट्रम्पले आफूहरुलाई सर्वोच्चको आदेश होसियारीपूर्वक हेर्न निर्देशन दिएको समेत उनले बताएका छन् ।

अमेरिकामा डाका कार्यक्रमले समेटेका नेपालीहरु ६० जनाको हाराहारीमा मात्र रहेको छन् । यो कार्यक्रमले समेटेका अधिकांश व्यक्ति ल्याटिनो समुदायका रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com