ब्रिजेश र शोभिताको लिरिकल म्युजिक भिडियो सार्वजनिक


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

डाक्टर ब्रिजेश मैनाली  र शोभिता पराजुलीको  प्रस्तुतीमा “किन हो किन कुन्नि सपनीहरुमा उनी” नामको लिरिकल म्युजिक भिडियो म्युजिक नेपालको  यु-ट्युब् च्यानल मार्फत  सार्वजनिक गरिएको छ। डाक्टर ब्रिजेश मैनालीद्वारा रचित तथा नेपालका चर्चित युवा संगीतकार  दिपक शर्माद्वारा  संगितबद्ध उक्त गीत नेपाल आईडल-२ का  चर्चित तथा लोकप्रिय गायक अमित बरालले गाएका छन। उक्त लिरिकल म्युजिक भिडियोको सम्पादन सम्बुराम महर्जनले  गरेका छन्।

लकडाउनको बेला आफ्नो प्रियसीहरुलाई भेट्न नपाएर बसेका प्रेमी हुन वा प्रेम अभिब्यक्त गर्न नसकिरहेका प्रेमीहरुको  मनोभावना समेट्दै सार्बजनिक भएको यो गीत सबैका लागि प्रेमको सन्देश बाहक बन्ने विश्वाश गीतका रचयता डा. मैनालीको छ।  डा. मैनाली स्विडेन स्थित लिन्निएस युनिभर्सिटीमा दिगो उर्जा बिषयका साहायक प्रध्यापकका रुपमा कार्यरात छन।

मैनालीले यस् अघी पनि संगीतकार  दिपक शर्माको सहकार्यमा “यो देश बनाउने जिम्मा कस्को हो” भन्ने राष्ट्र भक्तिको गीत यु-ट्युब् च्यानल  मार्फत लिएर आएका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com