धनगढी र गोदावरीको क्वारेन्टीनमा रहेका महिलाहरुलाई सुदुरपश्चिम समाज मेरिल्याण्डको सहयोग


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

नेपालको कैलाली धनगढी र गोदावरीको क्वारेन्टीनमा रहेका महिलाहरुलाई सुदुरपश्चिम समाज मेरिल्याण्डले रु १ लाख सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका २१ वटा क्वारेन्टाइनहरुमा ३०० भन्दा बढि महिलाहरु छन् । समाजले सुरक्षा सामग्री र पोषणयुक्त खाना खरिदका लागी सो रकम सहयोग गरेको हो ।

नेपालमा रहेको ह्युम्यान्युटि फाउन्डेसनसंगको सहकार्यमा सो सामग्री वितरण गरिने समाजका अध्यक्ष दमन बिक्रम शाहले जानकारी दिए ।

‘मातृभूमीको समस्यामा हामी मौन रहन सकेनौँ, कोरोनाको कहर हामीले यहाँ भोगीरहेकोले पनि हाम्रो मन थामिएन र यो सहयोग गरेका हौँ’ – उनले भने ।

यसको साथै समाजले सुदुरपश्चिमका जिल्लाहरुमा कोरोना परिक्षणका लागी पिसिआर मसिन खरिदमा १ हजार डलर सहयोग गरेको छ । डडेल्धुरामा जडान गरिने सो मसिनबाट यसको आसपासका जिल्लाका मानिसहरु समेत लाभान्वित हुने विश्वास समाजले लिएको छ ।

सहयोग रकम मेरिल्याण्डमा बसोबास गर्ने सुदुरपश्चिमेलिहरुबाट संकलन गरिएको हो । नेपालमा कोरोना कहर बढेसंगै समाजले ६ लाख पचासहजार भन्दा बढि सहयोग गरिसकेको छ ।

समाजले सुदुरपश्चिमेलीको एकता र मौलिक कला संकृतिको संरक्षणका लागी बिभिन्न गतिबिधि गर्दै आइरहको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com