स्पेन विदेशी पर्यटकका लागि पनि खुल्यो


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

कोरोना महामारीबाट थलिएको स्पेनमा कोरोना संक्रमण नियन्त्रणमा आएसँगै विदेशी पर्यटका लागि प्रवेश खुला गरिएको छ । स्पेनले आफ्नो पर्यटन उद्योगलाई खुला गर्दै अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध हटाएको हो ।

स्पेनले युरोपियन युनियन र सेन्जेन क्षेत्र र बेलायती पर्यटकहरुका लागि खुला गरिएको जनाएको छ

स्पेनमा आइपुगेका सम्पूर्ण पर्यटकहरुको विमानस्थलमा तापक्रम जाँच गरिने र उनीहरुले आफू कोरोना भाइरसको संक्रमण नभएको प्रमाणपत्रका साथै उनीहरुले सम्पर्क विवरण पेस गर्नुपर्नेछ ।

यसअघि स्पेनले तीन महिना लामो आपतकालीन अवस्था घोषणाको अन्त्य गरेपछि अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गरिएको हो । सार्वजनिक स्थानहरुमा मास्क अनिवार्य लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने प्रावधान भने यथावत राखिएको छ ।

स्पेनले मार्च मध्यदेखि लकडाउन जारी गरेको थियो भने उक्त लकडाउनकै सहायतामा प्रकोपलाई नियन्त्रणमा लिएको हो ।

स्पेनमा हालसम्म दुई लाख ४५ हजार संक्रमित छन् भने २८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

स्पेनमा हरेक वर्ष ८० लाख पर्यटकहरु आउने गर्छन् । जसले मुलुकको अर्थतन्त्रमा १२ प्रतिशतभन्दा बढी योगदान गरेको  छ । – बीबीसी

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com