प्रताप दास र मिलन नेवारको स्वरमा गीतकार दुर्गा खनाल घिमिरेले ल्याइन् ‘वेवी शावर’ गीत


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

गीतकार दुर्गा खनाल घिमिरेले रचना गरेको वेवि शावर गीत सार्वजनिक गरिएको छ । नेपालीहरुले नयाँ बच्चा जन्मिने थाहा पाएपछि परम्परागत रुपमा दहि चिउराखुवाउने प्रचलन रहेकोमा अहिले वेवी शावरका रुपमा मनाउन थालेका छन् ।

नेपाली भाषामा वेवी शावरको कुनै गीत नभएको थाहा पाएपछि नेपाली भाषामा गीत तयार पारेको गीतकार दुर्गा खनालले बताइन् । गीतमा प्रताप दास र मिलन नेवारको स्वर रहेको छ । गीतको म्युजिक एरेंज र कम्पोज हेम लामाले गरेका छन् भने मिक्सिगं मास्टरिगं विवेक शाक्यले विवेक साउण्ड स्टुटुडियोमा गरेका हुन्।

गीतको प्रोडक्सन मेनेजर शम्भु श्रेष्ठ, मेकअप माहीसिंह, कलाकारहरू आयुश रिजाल,अन्जली अधिकारी,रश्मी भट्ट ,कमल कान्त मैनाली रहेका छन भने सिनेमाटोग्राफी ज्ञानेन्द्र शर्मा,ईडिटर कलर नविन निरौला, सहायक निर्देशक सुवोल थापा रहेका छन् । गीतको प्रोडक्सन डी फोर क्रियसनले ले र निर्देशक गम्विर विष्टले गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुर्गा खनाल घिमिरेका अन्य गीतहरु पशुपतिमा सुनकोगजुर, मौनतामा, नेपालकी छोरी, परदेशीको तिहार लगायत छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com