२० बर्षपछि एसाइलमको वर्क परमिटमा नयाँ नियम, फेडरल रजिस्टरमा सुचना


प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार

अमेरिकी सरकारको युएससीआईएसले एसाइलमका आधारमा प्रदान गरिने वर्क परमिटलाई कम प्राथमिकता दिने नियम ल्याउने भएको छ । सोमबार फेडलर रजिस्टरमा प्रकाशित भएको यो नियम अगस्त २१ देखि लागु हुनेछ ।

युएससीआईएसले अहिलेसम्म एसाइलमका वर्क परमिटको आवेदनबारे फैसला गर्न अन्य साधनश्रोतलाई पनि लगाउने गरेकोमा नयाँ नियमपछि त्यस्ता वर्क परमिटका आवेदनलाई उच्च प्राथमिकता नदिइने भएको छ । विगतले नियमले युएससीआईएसलाई अन्य प्रकारका आवेदनमा काम गरिरहेको श्रोत र जनशक्तिलाई समेत एसाइलमका वर्क परमिटबारे निर्णय गर्नका लागि परिचालन गर्न बाध्य पारेको थियो ।

विगतको नियममा एसाइलम आवेदकले वर्क परमिटका लागि आवेदन दिएको खण्डमा त्यस्तो आवेदनबारे युएससीआईएसले ३० दिनभित्र निर्णय दिनुपर्ने समयसिमा तोकिएको थियो । यद्यपी युएससीआईएसले उक्त समयसिमाभित्र काम पूरा गर्न नसकेको भने लामो समय हुँदै आएको थियो ।

तर सोमबार प्रकाशित हुने नियममा उक्त ३० दिनको समय सिमा तोकिएको छ । जस अनुशार अब युएससीआईएसले एसाइलमका वर्क परमिट जारी गर्नमा चाहेजति धेरैसमय लगाउनसक्ने भएको छ । जसका कारण वर्क परमिट कुरेर बसेका एसाइलम आवेदकलाई समस्या हुनसक्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एसाइलमको आवेदन प्राप्त गर्न, छानविन गर्न, प्रकृयामा अगाडि लैजान, राष्ट्रिय सुरक्षा र जालसाजीको विषयलाई सम्बोधन गर्न, परिचय प्रमाणिकरणको प्राविधिक काम पूरा गर्न र अमेरिकाको अध्यागमनलाई झुक्याउन प्रयास भए नभएको निर्धारण गर्न ३० दिनको समयसिमा प्रयाप्त नभएको भन्दै त्यसलाई बढाएर अनिश्चितकालिन बनाइएको हो । ३० दिनको समय सिमाको नियम झण्डै २० बर्ष अगाडि ल्याइएको हो ।

२० बर्ष अगाडि ल्याइएको नियम समयसापेक्ष नभएको युएससीआईएसको ठहर छ । २० बर्ष अगाडिको तुलनामा एसाइलमका आवेदनको संख्या निकै उच्च भएको र युएससीआईएसले पृष्ठभूमि परिक्षण, जालसाजी रोक्न छानविन, सार्वजनिक सुरक्षा, राष्ट्रिय सुरक्षा लगायतमा विषयमा खतरा भए नभएको जाँच लगायतका प्रकृयामा व्यापक परिवर्तन गरिसकेको छ ।

नयाँ नियमले वर्क परमिटको नविकरणबारे पनि परिवर्तन ल्याएको छ । अहिलेसम्म एसाइलमको वर्क परमिट नविकरणका लागि म्याद सकिनुभन्दा बढीमा ९० दिन अगाडि आवेदन दिनसकिने प्रावधान रहेको छ । तर नयाँ नियमले म्याद सकिनुभन्दा बढीमा १८० दिन अगाडि आवेदन दिनसकिने प्रावधान ल्याएको छ ।

नविकरणका लागि लामो समय प्रदान गर्दा आवेदकको वर्क परमिटमा रिक्तता नहुने र युएससीआईएसलाई पनि निर्णय गर्न प्रयाप्त समेत उपलब्ध हुने युएससीआईएसको ठहर रहेको छ ।

जुन २२ मा प्रकाशित  अन्तिम नियम यहाँ हेर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com