सर्बोच्चको निर्णय : ६० नेपालीसहित ८ लाखलाई देशनिकाला गर्ने ट्रम्प प्रशासनको प्रयास असफल


प्रकाशित मिति : असार ४, २०७७ बिहीबार

बाल्यकालमा अमेरिकामा आएका कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने डाका कार्यक्रम खारेज गर्ने ट्रम्प प्रशासनको प्रयासलाई अमेरिकाको सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधिस जोन रोबर्टस् र अन्य ४ जना न्यायाधिससहित ५ जना उक्त निर्णयको पक्षमा रहेपछि ट्रम्प प्रशासनको प्रयास खारेज भएको हो ।

सर्वोच्चको आदेशपछि अब ट्रम्प प्रशासनले बाल्यकालमा अमेरिका आएका झण्डै ८ लाख कागजपत्रविहिनलाई संरक्षण प्रदान गर्ने कार्यक्रम अन्त्य गर्न नपाउने भएको छ । आदेशले अब ती ड्रिमरहरुलाई देशनिकाला नगरी अमेरिकामा नै रहन अनुमति प्रदान गरेको छ ।

प्रधानन्यायाधिस जोन रोबर्टसले निर्णयमा डाका कार्यक्रम खारेज गर्ने विषयमा सरकारले उपयुक्त कारण दिन नसकेको उल्लेख गरेका छन् । तर ट्रम्प प्रशासनले डाका कार्यक्रम अन्त्य गर्नेबारे विस्तारमा व्याख्या गरेर कार्यक्रम अन्त्यका लागि प्रयास भने गर्न सक्नेछ । तर चुनावी अभियानका बीचमा ह्वाइट हाउसले उक्त कार्यक्रम तत्काल अन्त्य गर्ने सम्भावना भने देखिएको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ को सेप्टेम्बरमा डाका कार्यक्रम अन्त्य गर्ने घोषणा गरेका थिए । अमेरिकाको तल्लो अदालतले यो कार्यक्रमलाई अन्त्य हुनबाट रोकेर झण्डै ८ लाखलाई तत्काल देशनिकाला हुनबाट जोगाएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

बाल्यकालमा अमेरिकामा छिरेर कागजपत्रविहिन भएकाहरुलाई अमेरिकामा बस्न र काम गर्न अनुमति दिने डिफर्ड एक्सन फर चाइल्डहुल अराइभल अर्थात् डाका कार्यक्रम अन्तरगत ६० जना नेपालीहरु संरक्षित रहेका छन् । उनीहरु १६ बर्ष उमेर नपुग्दै अमेरिकामा आएका र सन् २००७ वा त्यो भन्दा अगाडि देखि अमेरिकामा लगातार बस्नै आएका तथा सन् २०१२ को जुनसम्म ३१ बर्ष ननाघेकाहरु हुन् । उनीहरुलाई बाबुआमाले सन् २००७ भन्दा अगाडि १६ बर्ष नपुग्दै विभिन्न भिसामा वा अन्य तरिकाबाट अमेरिकामा ल्याएका थिए । त्यसपछि उनीहरु अमेरिकामा कागजपत्रविहिन भएका थिए ।

बाल्यकालमा अमेरिका छिरेकाहरुलाई अमेरिकामा डिपोर्टेशनको डरविना बस्न र कामगर्न अनुमति प्रदान गर्ने यो कार्यक्रम सन् २०१२ मा तत्कालिन अमेरिकी राष्ट्रपति बराक ओबामाले ल्याएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com