अमेरिकाबाट नेपाल फर्किने उडान तालिका परिवर्तन, हेर्नुस नयाँ तालिका


प्रकाशित मिति : असार ३, २०७७ बुधबार

कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिक फर्काउने उडान तालिका परिवर्तन भएको छ । नेपाल सरकारको अनुमति अनुसार यसअघि यही जुन महिनाको २३ र २५ तारिख उडान हुने भनिएको थियो, अहिले नेपाली राजदूतावासले सच्याइएको भन्दै नयाँ तालिका प्रकाशित गरेको छ ।

दूतावासले जारी गरेको नयाँ प्रेस बिज्ञप्ती अनुसार जुन २३ तारिखका दिन टर्किस एयरलाइन्सले न्यूयोर्कबाट २२ः३० बजे र जुन २४ तारिख शिकागोबाट उडान भर्नेछ । यस्तै जुन २४ तारिख कतर एयरवेजले वासिंटनडिसीबाट १०ः०० बजे र २५ तारिख टेक्सास डल्लासबाट १८ः१० बजे नेपालका लागि उडान भर्नेछ । दूतावासले दुवै एयरलाइन्सका ट्राभल एजेन्सीहरुसंग सम्पर्क गरि टिकट बुकिङ गर्न भनेको छ ।

दूतावासले नेपाल फर्किने चाहना भएकाहरुले अनलाइन मार्फत फर्म भरेकाहरुको सुची सम्वन्धीत बिमान कम्पनीलाई उपलब्ध गराई सकेको जनाएको छ । यदी कसैको छुटेको भए दूतावासले जारी गरेको फर्म यथासक्य भर्न आग्रह गरेको छ । दूतावासले नेपाल फर्किनका लागि सम्वन्धीत बिमान कम्पनीले तोकेका आधिकारीक एजेन्सीको नम्बरमा सम्पर्क गर्न भन्दै सम्पर्क नम्बर समेत राखि दिएको छ ।

हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै यात्रुहरुले पिसिआर वा आरडिटी टेस्ट अनिवार्य गरेको हुनुपर्ने भनिएको छ । यस्तै नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा अनिवार्य क्वारेटिनमा बस्नुपर्नेछ । सरकारले तोकेको भाडा अनुसार अमेरिकाबाट नेपाल फर्किने यात्रुले टर्किस बिमान कम्पनीबाट यात्रा गर्दा कर सहित १५३७ अमेरिकी डलर तिर्नुपर्नेछ भने कतार एयरवेज कम्पनीबाट यात्रा गर्दा कर सहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै बिमान कम्पनीका बारेमा बुझनका लागि टर्किस एयरलाइन्सको काठमाण्डौंको कार्यलय नम्वर ४४३८३६३ मा र कतार एयरवेजको काठमाण्डांैको कार्यलय नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ । महिनौं देखी अमेरिकामा रोकिएका नेपाली नागरिकले नेपाल सरकारका बिभिन्न निकाय र अमेरिकामा रहेको राजदूतावासमा पटक पटक हारगुहार गरिहरेका थिए । उनिहरुले खर्च सकिन थालेको, भिषामा समेत समस्या आएको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने भन्दै सरकारसंग आग्रह गरिरहेका थिए ।

महिनौं देखी अमेरिकामा रोकिएका नेपाली नागरिक शान्तराज बतासले खसोखाससंग भने, ढिलै भएपनि नेपाल फर्किने पक्का भएको छ, खुसी छौं । अमेरिकामा रहेका केही नेपालीहरुले एकतर्फी भाडादर महंगो भएको गुनासो समेत गर्ने गरेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com