लकडाउनमा नेपाल छाड्ने विदेशीमा सबैभन्दा धेरै अमेरिकन, ८६५ जना फर्किए अमेरिका


प्रकाशित मिति : जेष्ठ ३२, २०७७ आईतबार

कोरोनाको महामारी सुरुभएदेखि मार्च २७ पछि जुन ८ सम्म ८६५ जना अमेरिकनहरुले नेपाल छाडेका छन् । जसमा नेपाली मुलका अमेरिकनहरुको संख्या समेत उल्लेख्य छ ।

मार्च २४ देखि नेपाल सरकारले मुलुकभर लकडाउनको घोषणा गरेर सबै अन्तर्राष्ट्रिय उडान र सीमा नाकाहरु बन्द गर्ने घोषणा गरेको थियो । त्यसपछि अमेरिकाले दुईपटक विमान चार्टड गरेर आफ्ना नागरिकहरु फिर्ता लगिसकेको छ ।

त्यो बाहेक कतार एयरवेजमार्फत दोहा आएर र टर्किस एयरवेजमार्फत इस्तानबुल आएर नियमित उडानमार्फत अमेरिका आउने अमेरिकनहरुको संख्या पनि २ सयको हाराहारीमा रहेको छ । नेपालमा रहेका अन्य अमेरिकनहरु पनि अमेरिका आउने तयारीमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लकडाउनको अवधिमा चार्टड उडानमार्फत विभिन्न देशहरुले आफ्ना नागरिकहरु उद्दार गरेर लैजान सकिने नेपाल सरकारले व्यवस्था गरेको थियो । ती चार्टड उडानहरुमार्फत नेपालबाट बाहिरिने विदेशीहरुमा सबैभन्दा धेरै अमेरिकनहरु छन् ।

यो अवधिमा ६९४ जना बेलायती पासपोर्ट हुनेहरुले नेपाल छाडेका छन् । ७०१ जना जर्मन र ५७५ जना फ्रेन्च नागरिकहरुले यो अवधिमा नेपाल छाडेका छन् । त्यस्तै अष्ट्रेलियनहरु ५१७, क्यानेडियनहरु २२४, चाइनजिहरु ३४९, भारतीयहरु १९७ जना, जापानिजहरु २९६ जना र दक्षिण कोरियनहरु ३२३ जनाले यो अवधिमा नेपाल छाडेका छन् । उनीहरु सबैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कनेहरु हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com