जुन १६, १७, १८ र २० मा नेपालबाट दोहा हुँदै अमेरिका आउन सकिने, जुन १९ बाट न्युयोर्क उडान
प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार
आगामी जुन १६, १७, १८ र २० मा दोहा हुँदै अमेरिका आउन सकिने सम्भावना रहेको छ । कतार एयरवेजले श्रृंखलाबद्धरुपमा विमान चार्टड गर्न लागेको जानकारी प्राप्त भएको छ, जसबाट दोहाहुँदै अमेरिका समेत आउन सकिनेछ ।
कतार एयरवेजले यात्रा व्यवस्थापनका लागि काठमाडौंमा रहेको प्रेसिडेण्ट ट्राभलसँग काम गरिरहेको छ । तर दोहाबाट कतार एयरवेज अमेरिकाको डायलस र शिकागोमात्र आइरहेको छ । त्यहाँबाट भने आन्तरिक उडानमार्फत आफ्नो गन्तब्यमा पुग्न सकिनेछ ।
कतार एयरवेजले जुन १९ बाट न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा पनि उडान भर्न लागेको छ । त्यसैले जुन १८ को उडानमा उपलब्ध सिटहरु कम हुनसक्ने भएकाले छिटो सम्पर्क गर्न सुझाव दिइएको छ ।
यदि तपाई यी उडानमार्फत अमेरिका आउन चाहनुहुन्छ भने तपाईले प्रेसिडेन्ट ट्राभलमा उनीहरुको इमेल [email protected], poona
कतार एयरवेजमार्फत अमेरिका आउने निश्चित भइसकेका तर काठमाडौंभन्दा बाहिर रहेका अमेरिकी नागरिकहरुलाई अमेरिकी दूतावासमा सम्पर्क गर्न दूतावासले सुझाव दिएको छ । आफू रहेको स्थान, काठमाडौं आउन लागेको गाडीको नम्बर, ड्राइभरको लाइसेन्स नम्बर र सम्पर्क विवरण उपलब्ध गराउन भनिएको छ ।
अमेरिका फर्कन चाहने आफ्ना नागरिकको विवरण संकलनका लागि अमेरिकी दूतावास काठमाडौंले फर्म समेत उपलब्ध गराएको छ । उक्त फर्म भर्नका लागि यो लिंकमा क्लिक गर्नुहोला ।






