आधुनिक मौरीघारबाट पर्याप्त आम्दानी


प्रकाशित मिति : चैत्र २९, २०७३ मंगलबार

डडेल्धुरा जिल्लामा मौरीपालन किसानले मनग्गे आम्दानी गर्न थालेका छन् । दुई वर्षको अवधिमा सात हजारको सङ्ख्यामा घार बिक्री गरिसकेको र खाली घारको दुई हजार ८०० देखि तीन हजारसम्ममा बिक्री गर्ने गरेको आलिताल मौरीघारका प्रोप्राइटर मनी गिरीले घार व्यवसायबाटै पर्याप्त आम्दानी भएकोे बताउनुभयो ।

घार व्यवसायबाट नै मासिक रु दुईदेखि तीन लाखसम्म बचत हुने गरेको उहाँको भनाइ छ । आलिताल मौरी घार उद्योगमा हाल १० जनाले रोजगारी पाइरहेको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो ।

डडेल्धुरा जिल्लाका बेलापुर, आलिताल, गाखेत, समैजी क्षेत्रलगायत जिल्लाका अन्य भागमा समेत मौरी व्यवसायका लागि उपयुक्त स्थल भएकाले मौरीका लागि आधुनिक घारको व्यवसाय पनि राम्रो हुनथालेको घार निर्माण व्यवसायी बताउछन् ।

व्यावसायिक रुपले मौरीपालनतर्फ किसान आकर्षण बढ्न थालेपछि घारको माग बढेको आलिताल गाउँपालिका गोदामका मौरीघार व्यवसायी कर्ण बोहराले बताउनुभयो । हामीले सानो रुपले व्यवसाय गर्दै आएकामा साना तथा मझौला किसान आयस्तर वृद्धि आयोजनाबाट पाएको अनुदानले व्यवसाय बृद्धी गर्न सहज हुनाका साथै राम्रो आम्दानी भइरहेको उहाँको भनाइ छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

पुरानो प्रविधि भन्दा आधुनिक घारमा मौरी राख्दा उत्पादनसमेत राम्रो भई महको बजार मूल्य पनि किलोको रु पाँच सयदेखि रु ६ सयसम्म पाइने गरेको समैजीका मौरी व्यवसायी लक्ष्मीदत्त पाठक बताउनुहुन्छ ।
मौरी व्यावसायबाट गाउँका बेरोजगारले समेत काम पाएका छन् भने आफूले निर्माण गरेको मौरीका घार जिल्ला विभिन्न क्षेत्रमा बेचबिखन हुँदै आएको प्रोप्राइटर गिरीले जानकारी दिनुभयो ।

यसैगरी भित्री मधेसको आलितालमा मात्रै दुई वटा मौरीको उद्योग सञ्चालन भएकामा अन्य स्थानमा पनि विस्तार हुन थालेकोे साना तथा मझौला घरेलु उद्योग कार्यालयले जनाएको छ ।

घार व्यवसायीलाई सहजीकरण गर्न, तिनीहरुको व्यवसाय राम्रो बनाउन र आयस्तर वृद्धि गराउन प्राविधिक र उपकरणमा सहयोग गरिरहेको बहुउद्देश्यीय विकास समाजका कार्यकारी निर्देशक प्रेम महरले बताउनुभयो ।

बहुउद्देश्यीय विकास समाज संस्थाबाट मौरीपालन गर्ने समूह र सहकारीका सदस्यलाई घार व्यवसायीसँग समन्वय गराएर सुपथ मूल्यमा घार उपलब्ध गराउन सहयोग गरिरहेको निर्देशक महरले जानकारी दिनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com