किसानले पाएनन् तरकारीको उचित मूल्य


प्रकाशित मिति : जेष्ठ ३१, २०७७ शनिबार

बन्दाबन्दीका कारण नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाका किसान कृषि उपजले उचित मूल्य नपाउँदा चिन्तित छन् । काठमाडौँ, पोखरा, बुटवललगायत ठूला बजारसम्म उत्पादित तरकारी पुग्न समस्या भएपछि स्थानीय बजारमा सस्तो मूल्यमा तरकारी बिक्री गर्न बाध्य भएको किसानको गुनासो छ । “उत्पादित तरकारी स्थानीय बजारमा मात्र खपत भएको छ । जिल्ला बाहिर पठाउन नसक्दा सस्तोमा तरकारी बिक्री गर्नुपरेको छ”, प्रतापपुर – ६ कठहवाका किसान इन्द्रेश कुमार भन्छन् ।

अहिले किसानका खेतमा करेला, बोडी, भिण्डी, टमाटर, घिरौँला, खुर्सानी, काँक्रो, मुला, फर्सी, लौकालगायत तरकारी किसानका खेतमा तयारी अवस्थामा छन् । उत्पादित कृषि उपजलाई ठूला बजारसम्म पुर्याउन समस्या हुँदा तरकारीले उचित मूल्य नपाएको प्रतापपुर – ६ गुठीप्रसौनीका किसान मनोज कोइरी बताउँछन् ।

बन्दाबन्दीभन्दा अन्य समयमा व्यापारीले किसानको खेतखेतमा पुगेर उचित मूल्यमा तरकारी खरीद गर्ने गरे पनि अहिले व्यापारी नआउँदा तरकारी खेतमै रहेकाले सस्तोमा बेच्नुपरेको किसानहरुको भनाइ छ । बन्दाबन्दीका कारण ठूला बजारसम्म उत्पादित तरकारी पुयाउन निकै कठिन भएपछि सस्तो मूल्यमा स्थानीय बजारमा बिक्री गरिएको किसान बताउँछन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा वार्षिक १० हेक्टर क्षेत्रफलमा करीब ५० मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com