सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपा संसदीय दलको बैठक बस्दै


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

आफ्नै पार्टीकी सांसद सरिता गिरी संविधान संशोधनको विपक्षमा उभिएपछि के गर्ने भनेर छलफल गर्न जनता समाजवादी पार्टी संसदीय दलको बैठक आज बस्दै छ । यसबारे छलफल गर्न आइतबार बिहान ११ बजे पार्टीको संसदीय दलको बैठक बोलाइएको जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले जानकारी दिए ।

नेपालको नयाँ नक्सा निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदै छ । तर, समाजवादी पार्टीकी सांसद गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन् । जनता समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् ।

पार्टीको निर्णय विपरीत गएको हुनाले गिरिलाई कार्वाही गर्नुपर्ने जनता समाजवादीका नेता तथा सांसद रामबाबु यादव बताउँछन्। उनले भने ‘उहाँले पार्टीको निर्णय मान्नुभएन। पार्टीले राष्ट्रियताको बिषयमा सरकारलाई साथ दिँदा उहाँ विरोध गर्नुहुन्छ भने उहालाई पार्टीले कार्वाही गर्छ।’    यस अघि नै सांसद गिरीलाई विधेयक फिर्ता लिनु भन्दै पत्र काटिसकेको छ। तर अटेर गर्दै उनले संविधान संशोधन प्रस्ताव फिर्ता लिएकी छैनन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com