लकडाउनको नयाँ मोडालिटीले प्रहरी नै हैरान


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

सुरक्षा अंगका प्रमुखले सरकारले बिहीबारबाट लागू हुने गरी बनाएको लकडाउनको नयाँ मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयमा केही सुधार गर्न सुझाएका छन् । गृह मन्त्रालयमा शुक्रबार भएको छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुन्धान विभागका प्रमुखले लकडाउनको परिवर्तित मोडालिटीप्रति असन्तुष्टि जनाउँदै निर्णयलाई व्यवहारिक बनाउन सुझाएका छन् ।

गृहमन्त्री रामबहादुर थापासँगको छलफलमा सुरक्षा अंगका प्रमुखहरुले मोटरसाइकलमा सवार व्यक्तिहरुका हकमा भएको निर्णय सबैभन्दा अव्यावहारिक देखिएको बताए । उनीहरुले सरकारी निर्णय आएलगत्तै प्रहरीले सडकमा हैरानी व्यहोर्नु परेको, कतिपय स्थानमा प्रहरी र मोटरसाइकल चालकका बीचमा भनाभनको स्थिति समेत देखिएको गृहमन्त्री थापासँग गुनासो गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com