अमेरिकाबाट नेपाली नागरिक फिर्ता लैजाने बारे राजदूतावास सरकारलाई दोष थुपार्दै


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

कोरोना महामारीका कारण अमेरिकामा रोकिएका नेपाली नागरिक फिर्ता लैजाने सम्वन्धमा राजदूतावासले सक्रियता देखाएको छैन् । नेपाल सरकारले जुन महिनाको १७ तारिख र २५ तारिख गरी दुई पटक आफ्ना नागरिक फिर्ता लैजाने अनुमति दिएको भएपनि अमेरिकाको वासिङटनस्थित दूतावासले भने त्यसको संयोजनमा ढिलाई गरेको छ ।

शुक्रबार राती करिव १२ बजे जारी गरिएको बिज्ञप्तीमा भनिएको छ, हामीलाई सरकारले बिमान कम्पनी र भाडा दर समेत तोकेर दिएन् । उसले बिज्ञप्तीमा भनेको छ, अमेरिकामा रोकिएका नेपाली फकाउन आफुहरुले प्रयास गर्दा पनि नेपालको सम्वन्धीत निकायले व्यवस्था गरिदिएन् । राजदूतावास आफै सरकारको निकाय हो, तर दूतावासले सम्वन्धीत निकायले वास्ता गरेन भनेर बिज्ञप्ती जारी गरेको छ ।

यसअघि नेपाल सरकारले अमेरिका लगायत विश्वभर रोकिएका आफ्ना नागरिक फिर्ता लैजान मिति तोके अनुसार अमेरिकाबाट १७ तारिख बिदेशी कम्पनीले उडान भर्ने र २५ तारिख नेपाल एयरलाइन्सले उडान भर्ने उल्लेख छ । यसरी हेर्दा नेपाल सरकार र यहाँको राजदूतावासका बीचमै कुरा बाझिएको देखिन्छ । पहिलो मिति आउन ५ दिन अगाडि राजदूतावासले काम गरिरहेको र धैर्य गर्न भन्दै बिज्ञप्ती जारी गर्नु आफैमा लज्जाको बिषय हो ।

यता महिनौं देखी अमेरिकामा रोकिएका नेपालीहरुले बिभिन्न संघ सस्था मार्फत र राजदूतावास मार्फत पटक पटक नेपाल फर्किन पाउँ भन्दै फर्म भरिसकेका छन् । ४ महिनादेखी अमेरिकामा रोकिएका नेपाली नागरिक भन्छन्, लाज लाग्छ आफ्नै सरकार देख्दा धन्न मुलुकमा पशुपति नाथ छन् । उनिहरु भन्छन्, सरकारले मिति तोक्दा हामी खुसी थियौं फेरी दूतावासले धैर्य गर भन्दै बिज्ञप्ती जारी गर्छ हामी अन्यौलमा छौं ।

अमेरिकाबाट नेपाल फर्किने चाहना भएकाहरुले फर्म भर्नुस भन्दै एनआरएनए अमेरिका, पोखरामा प्रधान कार्यलय रहेको बतास अर्गनाईजेनले समेत बिवरण संकलन गरेका छन् । यस्तै राजदूतावासले समेत चार पटक नागरिकलाई फर्म भराईसकेको छ । तर अमेरिकाबाट नेपालको उडान कहिले हुन्छ यसै भन्न सकिने अवस्था छैन् । अर्को तर्फ नेपाल एयरलाइन्सले यूरोपको आकाश प्रयोग गर्न पाउँदैन् । यूरोपियन यूनियनले नेपाल एयरलाइन्सलाई उसको आकाशमा उडन प्रतिवन्ध लगाएको छ ।

राजदूतावासले जारी गरेको प्रेस बिज्ञप्ती

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com