दाङमा त्रिशुल प्रहार गरी एक व्यक्तिको हत्या


प्रकाशित मिति : जेष्ठ ३०, २०७७ शुक्रबार

दाङमा त्रिशुल प्रहारबाट एक व्यक्तिको हत्या गरिएको छ । बबई गाउँपालिका ३ धनुमास निबासी २९ बर्षका बालीराम वलीले सोही ठाउँ निबासी ४७ बर्षका नारायण डाँगीलाई फलामको त्रिशुलले हानेर हत्या गरेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिएका छन ।

त्रिशुल प्रहारबाट घाइते डाँगीको उपचारका लागि तुलसीपुर लग्दै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना आज बिहान ७ बजे भएको थियो । हत्याको आरोप लागेका वली पनि घाईते भएको र उनको पनि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । वलीको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com