अमेरिकाको जर्जियामा १३ हप्ता थपियो बेरोजगारी विमाको सुविधा


प्रकाशित मिति : जेष्ठ २९, २०७७ बिहीबार

अमेरिकाको जर्जियामा बेरोजगारी विमाको सुविधा अरु १३ हप्ता थपिएको छ । कोरोनाको महामारी सुरु भएयता बेरोजगारी सुविधा अन्तरगत साढे २ बिलियन डलर खर्चिसकेको जर्जियाले बेरोजगारी विमा रकम प्राप्त गर्ने हप्ता समाप्त भइसकेकाहरुका लागि अरु १३ हप्ता थपेको घोषणा गरेको छ ।

महामारी आपतकालिन बेरोजगारी क्षतिपूर्ति नाम दिइएको उक्त कार्यक्रम केयर्स एक्टकै अंश हो । यो कार्यक्रम अन्तरगत बेरोजगारी सुविधा लिनेहरुले आफ्नो नियमित सुविधाको साता समाप्त भइसकेको भएपनि थप १३ हप्तासम्म रकम प्राप्त गर्नसक्नेछन् ।

जर्जियामा १३ हप्तासम्ममात्र बेरोजगारी सुविधा लिन सकिने प्रावधान रहेकोमा थप १३ हप्ता बढाइएकाले अब उनीहरुले २६ हप्तासम्म बेरोजगारी सुविधा रकम लिन सक्नेछन् । न्युयोर्कमा बेरोजगारी विमाको रकम २६ हप्तासम्म लिन पाइने नियम रहेपनि जर्जियामा भने त्यहाँको बेरोजगारी दरका आधारमा हप्ता निर्धारण गरिदै आएको छ ।

मार्चको दोश्रो सातादेखि बेरोजगारी सुविधा लिनेहरुको अवधि यसै साता समाप्त हुन लागेको अवस्थामा १३ हप्ता थपिदा उनीहरुलाई राहत मिलेको छ । अब उनीहरुले लगभग अगस्तको अन्त्यसम्म बेरोजगारी सुविधा लिन सक्नेछन् । तर साप्ताहिक ६ सय डलरभने जुलाईको अन्तिमसम्ममात्र प्राप्त हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com